सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

४७५ ले पाए रोजगारी

दैनिक नेपाल २०७६ जेठ २९ गते २०:४५


दाङ, २९ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाले ४७५ युवालाई छनोट गरेको छ । प्रत्येक वडाबाट २५ जनाको दरले १९ वटा वडाबाट छनोट गरिएको उपमहानरपालिकाले जनाएको छ ।

विभिन्न योजनामा काम गर्ने गरी उपमहानगरले ३६ योजना छनोट गरेको छ । उपमहानगरका रोजगार संयोजक शरद पाण्डेले उपमहानगरले शुरु गरेको रु ४० हजार देखि ५ लाखसम्मको योजना छनोट भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार छनोटमा परेका कामदारले सरसफाइ, वृक्षरोपण, कल्भर्ट, कुलो, बगैँचा र पर्खाल निर्माणजस्ता काम गर्नेछन् । कामदारले दैनिक सात घण्टा काम गर्नुपर्नेछ भने तलब रु पाँच सय पाउनेछन् । रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २५७ जनाले फाराम भरेका थिए । एक महिनाभित्र सक्ने गरी सङ्घीय सरकारले उपमहानगरपालिकालाई रु एक करोड पठाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित