सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

संसदमै ‘ब्लू’ हेरिरहेका काँग्रेस सांसद रंगेहात समातिए

दैनिक नेपाल २०७६ जेठ २९ गते १७:१४

ओडिशा, २९ जेठ । संसदमा अश्लिल (पोर्न) फिल्म हेर्दाहेर्दै काँग्रेसका एक सांसद रंगेहात समातिएका छन् ।

भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा काँग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला काँग्रेस विधायक दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वाचित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको पनि बताएका छन् ।

उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बिजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ । बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित