सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

दार्चुलामा सेफ्टी ट्यांकी भासिँदा चार बालबालिकाकाे मृत्यु

दैनिक नेपाल २०७६ जेठ २९ गते ६:४४

दार्चुला, २९ जेठ । दार्चुला जिल्लाकाे नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मृत्यु भएकाे छ ।

ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो ।

सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो । सोही मैदानमा बालबालिका खेल्दै थिए । ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परेर मृत्यु भएकाे जनाइएकाे छ ।

बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए । शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित