१८ कार्तिक २०८३, बुधबार

ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख ठगी गर्ने पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट तार्केश्वकर गाउँपालिका-४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी दैनिक पत्रिकामा बिज्ञापन दिएकोमा वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी बोलाएर बा.३ ज ३८१० नम्बरको सेतो रङको ट्याक्सी देखाई मूल्य २२ लाख रुपैयाँ कायम गरी जेठ ८ गते १५ लाख रुपैयाँ लिएर बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने भनी विश्वासमा पारी सम्पर्क बिहिन भएकोमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नुवाकोट तार्केश्वगर गाउँपालिका-४ बाट पक्राउ गरेको हो ।

वस्तीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।