१८ कार्तिक २०८३, बुधबार

हत्या अभियुक्त १९ वर्षपछि पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २७ जेठ । भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले हत्यामा संलग्न पर्साको साविक सुवर्णपुर गाविस-४ का देवीरमन अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो।

उनलाई रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ।

२०५७ असार ८ गते ३३ वर्षीया विजेश्वरीको हत्या भएको थियो । पक्राउ परेका अधिकारी प्रजापतीको घरमा घरेलु कामदारको रुपमा काम गर्थे । काम बापतको तलबका विषयमा वादविवाद भएपछि प्रजापतीको हत्या गरेर उनी फरार भएका थिए ।

हत्यापछि उनी फरार भएर भारत पुगेका थिए। भारतमा उनले प्रकाश अधिकारीको नाममा परिचय दिँदै विभिन्न ठाउँमा बस्दै आएका थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको सीआईबीले जनाएको छ ।