१ कार्तिक २०८३, आइतबार

भारतीय अभिनेता गिरीश कर्नाडको निधन, कर्नाटकमा तीन दिन राजकीय शोकको घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २७ जेठ । भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समय देखि अस्वस्थ थिए।

उनको बैगलोरमा सोमबार बिहान ८ बजेर ३० मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ दशक लामो समयसम्म भारतीय साहित्य, चलचित्र लेखन तथा निर्देशन एवम् अभिनयमा बिताएका उनको निधन ‘पल्टिपल अर्गान फेलियर’का कारण भएको बताइएको छ।

उनको निधन पछि कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ । कर्नाटकका मुख्यमन्त्री एच डी कुमारास्वामीले उनको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदाको घोषणा गरेका छन् ।  उनको आजै अन्तिम संस्कार हुने छ ।

उनले सन १९७१ मा चलचित्र ‘भस्म ब्रिक्रक्षय’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । पहिलो फिल्म मार्फत नै उनले ३ वटा फिल्म फेयर अवार्ड हात पारेका थिए । उनले भस्म ब्रिक्रक्षयसँगै गोधुली, काडु, वो घर, उत्सव, डिआर बेन्द्रेलगायतका थुप्रै फिल्महरूमा अभिनय गरेका छन् । उनी अभिनीत फिल्म निशान्त, मनथान, स्वामी, पुकार लगायतका फिल्महरू हिट छन् ।

त्यस्तै, आई फिल्मका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेका गिरीशले भारतको प्रतिष्ठित साहित्यिक सम्मान ज्ञानपीठ सम्मान पनि प्राप्त गरेका थिए । उनले २०१२ मा रिलिज भएको सलमान खानको फिल्म एक था टाइगरमा र त्यो फिल्मको सिक्वेलमा समेत अभिनय गरेका थिए ।

यसैबिच, गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । मोदीले ट्विट गर्दै उनीसँगै उनको कलामार्फत सबैको स्मरणमा रहिरहने बताएका छन् ।