
नवलपुर, २७ जेठ । नवलपुर एफएमले आयोजना गरेको रक्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेका छन् ।
नवलपुर एफएमका संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३२ औँ जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा समाजसेवी विष्णु कार्कीले मानव जीवनको सबैभन्दा ठूलो दान भनेकै रक्तदान भएको भन्दै यस्ता कार्यक्रमले समाज सेवाको भाव जागृत गराउने बताए ।
पत्रकारिता क्षेत्रमा स्व. भुसालको योगदानको स्मरण गर्दै कार्कीले अरुको जीवन कसरी बचाउन सकिन्छ भन्नेतर्फ सबैमाझ यस कार्यक्रमले प्रेरणा जाग्ने बताए ।
कार्यक्रममा स्व. भुसालको स्मृतीमा स्थापना गरिएको पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टका लागि यसअघि नै समाजसेवी कार्कीले बोलकबुल गरेको १ लाख ५५ हजार ५०० र वातावरण पत्रकार मञ्च नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले २ हजार ५ सय ५ रुपैयाँ एफएम संरक्षक याम प्रसाद भुसाललाई हस्तान्तरण गरे ।












प्रतिक्रिया