बुधबार, १ असोज २०७६
DainikNepal.com
बुधबार, १ असोज २०७६

हङकङमा सुपुर्दगी सन्धीविरुद्ध प्रदर्शन, चीनलाई बन्दी हस्तान्तरण गर्ने तयारी

दैनिक नेपाल २०७६ जेठ २७ गते ८:५०

हङकङ, २७ जेठ । हङकङमा प्रस्तावित सुपुर्दगी सन्धि विरुद्ध प्रदर्शन भएको छ । हङकङले चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि त्यसको विरोध हुँदै आएको छ ।

आइतबार मध्यान्ह भएको प्रदर्शन अहिलेसम्मकै ठूलो भएको र लाखौं मानिस सडकमा उत्रिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले विधेयकविरुद्ध लड्न कहिल्यै पनि नछाड्ने नारा लगाएका छन् ।

यो विधेयक संसदबाट पारित भएमा विशेष प्रशासनिक क्षेत्र हङकङमा बेइजिङको राजनीतिक अधिकार झन् बलियो हुने विश्लेषकहरु बताउँछन् ।

बेइजिङले भने यस्तो कानुन स्वाभाविक भएको बताउँदै विदेशीको उक्साहटमा प्रदर्शन भएको आरोप लगाएको छ । विधेयकलाई लिएर अमेरिका र युरोपेली संघ ईयूले पनि हङकङ सरकारको विरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित