तानसेन, २७ जेठ । पाल्पा जिल्लामा जंगलबाट टिपेको विषालु च्याउ खादा पाल्पामा एकै घरका दुई जनाको मृत्यु भएको छ।
९ जना बिरामी परेका छन् । निस्दी गाउँपालिका ३ कार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको मृत्यु भएको हो ।
निर्मलाको शनिबार राति १० बजे र विष्णुको आइतबार दिउँसो साढे ४ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी परेका ९ जनाको मध्यविन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
जेठ २४ गते शुक्रबर साँझ जंगलबाट ल्यएको च्याउको तरकारी खाँदा उनीहरू बिरामी परेका थिए ।












प्रतिक्रिया