सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

कास्की जिल्लामा विप्लवका १८ जना कार्यकर्ता पक्राउ

दैनिक नेपाल २०७६ जेठ २६ गते ९:५६

पोखरा, २६ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी सहित १८ नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ उरीबाट शनिबार राती कार्यकर्ता नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईसँगै पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी संगठनका नेताकार्यकर्ताहरु रहेका छन् ।

केही दिनयता विप्लव समूहको गतिविधि यो क्षेत्रमा बढेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको र आमा समूहको भवनबाट साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित