
काठमाडाैँ, २५ जेठ । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईलाई २ नम्बर प्रदेशका लोपोन्मुख र अल्पसंख्यक जातिले बराको कलैयामा आयोजित एक समारोहको आयोजना गरि सम्मान गरेका छन् ।
नेपाल कुसवडिया संघको आयोजनामा सम्पन्न कार्यक्रममा राउटे तथा लोपोन्मुख जाति उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवि खड्कालाई पनि सम्मान गरिएको थियो ।
२ नम्बर प्रदेशका लोपोन्मूख जातिहरुको सूचिकरण र नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा उनीहरुलाई समावेश गराउन सहजीकरण गरिदिए वापत उनीहरुलाई सम्मान गरिएको हो ।
समारोहमा बोल्दै पूर्वमन्त्री तथा नेकपा नेता पुरुषोत्तम पौडेलले कम्युनिष्टहरु आफ्नो वर्गको हितमा अविचलित भएर लाग्नु पर्ने बताए । नेकपाको सरकार गरिब र पिछडिएको वर्गको वृहत्तर हितमा काम गर्नु पर्ने उनको भनाई थियो ।
सम्मानित भट्टराईले पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने वर्तमान केपी ओलीको सरकारले चाँडै देशको आर्थिक र सामाजिक क्षेत्रमा कायापलट गर्ने बताए ।
कार्यक्रममा सम्मानित सत्यदेवी खड्का, संविधानसभा सदस्य रंजना सरकार, कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरिनारायण वेलवासे, नेपाल कुसबडिया संघका अध्यक्ष राजु कुसवडियाले आ-आफ्नो मन्तव्य राखेका थिए ।












प्रतिक्रिया