१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंको माइतीघरमा गम्भीर दुर्घटना, एक जनाको मृत्यु

25.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । काठमाडौंको माइतीघरमा कारसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

शुक्रबार राति थापाथलीबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट आइरहेको बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किदा बानेश्वर बस्ने २३ वर्षीय आयुष राज पाण्डेको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बस्ने सन्तोष भण्डारी घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका दुवैलाई नर्भिक अस्पताल लगिएको र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना राति साढे १० बजे भएको थियो ।