न्युयोर्क, २५ जेठ । अमेरिका र रुसका दुई लडाकु पानीजहाज गम्भीर दुर्घटनाबाट जोगिएका छन् । प्यासिफिक ओसनमा रहेका दुवै देशका पानीजाहाज आपसमा ठोक्किने अवस्थाबाट जोगिएका हुन् । दुवै निकै नजिक पुगेका थिए ।
पश्चिमी प्रशान्त महासागरमा दुई लडाकु पानीजहाजबिचको दूरी मात्रै ५० मिटर रहेको थियो । दुवै देशले घटनाका लागि एक अर्कामाथि आरोप लगाएका छन् । दुर्घटनाबाट जोगिनका लागि रुसी लडाकु पानीजहाजले आपतकालीन रुपमा दिशा परिवर्तन गरेको थियो ।















प्रतिक्रिया