
काठमाडाैँ, २३ जेठ । काठमाडाैँको बिजुली बजारमा बिहीबार बिहान मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहान करिब ४ बजे बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलसँग ठोक्किएको थियो । दुर्घटनामा ललितपुर निवासी मोटरसाइकल चालक ३७ वर्षीय अमरराज ताम्राकार गम्भीर घाइते भएका थिए ।
तत्कालै उनलाई नयाँ वानेश्वरस्थित एभरेस्ट अस्पताल लगिएको थियो । अस्पताल लिने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका छन् ।
दुर्घटनापछि साइकल चालक फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।












प्रतिक्रिया