१९ कार्तिक २०८३, बिहिबार

सिरहामा निर्णय विपरित उपभोक्ता सचिवले स्थानीयको घर भत्काए

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

-महेश सिंह महतो

सिरहा, २२ जेठ । सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जर्बजस्ती भत्काए दिएका छन् ।

सडकलाई १८ फिट चौडाई गर्ने बहानामा सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जग र पिलर डोजर चलाएर भत्काइदिएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता समिति मिलेर कसैको घर नभत्काउने निर्णय भएको थियो । तर, समितिका सचिव निर्णय विपरित उनको घरको जग र पिलर भत्काएको हो ।

अध्यक्ष यादवले यस विषयमा आन्तरिक छलफल गरेर समस्या समाधान गर्ने बताए । जगन्नाथ घरमा नभएको बेला सचिव यादवले उनको घर परिवारलाई गालीगलौज गर्दै घर भत्काएको पीडितको आरोप छ ।

सचिव यादवको जग्गा झाको ठीक अगाडिपट्टि रहेको र तीन महिना पहिले सचिव यादवको ट्रायक्टरले झाको घरको एउटा पिलर भत्काएको थियो ।

त्यो पिलर बनाउन सचिव यादवलाई पटक पटक ताकेता गर्दा यादवले अटेर गरेका थिए । सोही निहुँ खोज्दै सचिव यादवले उनको घर भत्काएको पीडित झाको दावी छ ।

घटना जेठ १६ गते भएपनि पीडित झाले आफू न्यायका लागि ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन दिन जाँदा हालसम्म दर्ता नगरिएको पीडित झाले बताए ।

व्यक्तिगत रिसिवीको कारण आफ्नो घर भत्काएको पीडित झाको दावी छ ।