१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस नेताको आरोप : सरकारले देशै डुबाउन लाग्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उनले भने, ‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ ।’

सरकारले ल्याएको बजेट अदूरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे । उनले भने, ‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो । तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन । यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन ।’

वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ । उनले भने, ‘सरकारले विकासको कुरा उधारो गरेको छ । यही तरिकाले समृद्धि आउँदैन् ।’

वर्तमान सरकारले साढे दश महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भन्दै प्रश्न समेत तेर्साए ।

नेता लेखकले संघीय सरकारले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई पुरै बेवास्ता र ठगेको पनि आरोप लगाए ।

मुलुकमा पछिल्लो समय व्यक्ति केन्द्रित राजनीति सुरु हुन थालेको पनि उनले जिकिर गरे ।