बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

चीनले भारतको वायुसेनाको विमान गायब बनाइदियो !

दैनिक नेपाल २०७६ जेठ २१ गते १०:०७

नयाँदिल्ली, २१ जेठ । भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ । यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ ।

वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

विमान खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।

चालकदलका आठ सदस्यसहित १३ जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ सोमबार दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । सोमबार दिउँसो सवा १२ बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित