सिरहा, १९ जेठ । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतमा खटिएको प्रहरी टोलीले वैशाख महिनाभरिमा अबैध लागुऔषध कारोवारमा संलग्न २३ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थानसहित प्रतिबन्धित लागुऔषधहरू डाइजेल्याब ४ सय ८८ एम्पुल, डाइजेल्याब ७९ बोतल, डाइलेक्स डिसी १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट,नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल,फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल, फेन्सिडिल २ बोतल,स्पास्मो प्रोक्सिभिन ४८ टयाब्लेट तथा रेकसकस १ बोतल सहित नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए ।













प्रतिक्रिया