१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली पोखरामा, यस्तो छ कार्यक्रम

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ ।

उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्नुहुनेछ । पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नुहुनेछ ।

कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रधानमन्त्री ओली तीन वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ । -रासस