
काठमाडाैँ, १७ जेठ । प्रहरी प्रधान कार्यालयले उत्कृष्ठ कार्य गरेको भन्दै पाँच जना प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा प्रहरी उपरीक्षक (एसपी) दान बहादुर कार्की, एसपी मुकुन्द मरासिनी, चन्द्रकुवेर खापुङ्ग, प्रहरी नायव उपरीक्षक (डिएसपी) ऋषिराम कँडेल र इन्स्पेक्टर गोविन्द पन्थी रहेका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको नीति निर्देशन शतप्रतिशत पालना गरेको र प्रशासनिक कुशलता प्रदर्शन गरेको भन्दै प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत एसपी मरासिनीले प्रहरी हेड्क्वार्टरको निर्देशन अनुसार सरुवा भएका कर्मचारीको रमाना गर्ने कार्यमा तदारुकता देखाएका थिए ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसपी दान बहादुर कार्की भर्खरै जिल्ला प्रहरी कार्यालय कास्किमा सरुवा भएका छन् । एसपी चन्द्रकुवेर खापुङ्ग र इन्पेक्टर पन्थी कर्मचारी प्रशासन शाखामा कार्यरत छन् ।
प्रशासन शाखामा कार्यरत डिएसपी कँडेलले प्रशासनिक काम कारवाहीमा कुशलता हाँसिल गरेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।












प्रतिक्रिया