३१ आश्विन २०८३, शनिबार

ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तरकोरियाका ४ परराष्ट्र अधिकारीलाई मृत्युदण्ड

46.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १७ जेठ । उत्तर कोरियाले गत फेब्रुअरीमा भएको हानोइ वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ ।

गत फेब्रुअरीमा भियतनामको हानोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता भएको थियो ।

यो वार्ता सफल हुन नसकेको आरोपमा वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड दिइएको दक्षिण कोरियाको पत्रिका ‘छोसुन इल्बो’ले जनाएको छ ।

च्योलसँगै अन्य तीन अधिकारीले पनि मृत्युदण्ड पाएका छन् । सर्वोच्च नेता उनले भनेको कुरा ट्रम्पसमक्ष सही अनुवाद गर्न नसकेको भन्दै एक दोभाषेले एक महिनाको जेल सजाय पाएकी थिइन् । -एजेन्सी