१९ कार्तिक २०८३, बिहिबार

बझाङमा घरायसी विवादमा महिलाको हत्या

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १७ जेठ । बझाङ जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी विवाद पछि हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ वर्षीय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ वर्षीया जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको हो ।

मदिरा सेवन गरेका लोकेन्द्रले सामान्य घरायसी विवाद पछि बुहारी नाता पर्ने पुजाराको घाँटीमा हँसिया प्रहार गर्दा पुजाराको घटनास्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको छ ।