
काठमाडौँ, १६ जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका १० स्रष्टाको रचना वाचन कार्यक्रम हुने भएको छ ।
कर्णालीका दश वटै जिल्लाबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरि आउँदो शनिबार (१८ गते) कर्णाली गुञ्जन आयोजना गरिएको हो ।
कर्णाली कला साहित्य प्रतिष्ठान वीरेन्द्रनगर सुर्खेतको सहकार्यमा कर्णाली कला संस्कृति समाज काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई आईएमई लाईफ इन्स्युरेन्स सुर्खेत शाखाले प्रायोजन गरेको छ ।
कार्यक्रममा सुर्खेतबाट तिर्थ समीर, जाजरकोटबाट देव सजन, सल्यानबाट कृष्ण कञ्चन, हुम्लाबाट मनरुप नेपाली र मुगुबाट विवश मल्ल सहभागी हुनेछन् ।
यस्तै, कालिकोटबाट पुनम धमाला, जुम्लाबाट हेमप्रकाश मञ्जिल, डोल्पाबाट हेमराज बुढा, रुकुम पश्चिमबाट जिएम दिपु दिपेन्द्र र दैलेखबाट सुगम सुनामी सहभागी हुने कर्णाली कला संस्कृति समाज काठमाडौँका अध्यक्ष संकल्प निर्माेहीले जानकारी दिए ।
कला, भाषा र साहित्यको उत्थानमा क्रियाशील संस्था कर्णाली कला संस्कृति समाज काठमाडौँले यसअघि एक वर्ष पहिले कालिकोटमा पनि कर्णाली गुञ्जन गरिसकेको थियो थियो भने काठमाडौँमा हरेक महिना नियमित रुपमा कर्णाली गुञ्जन गर्दै आएको छ ।












प्रतिक्रिया