३१ आश्विन २०८३, शनिबार

इजरायली प्रधानमन्त्री नेतन्याहूले सरकार बनाउन सकेनन्

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू गठबन्धन सरकार बनाउन असफल भएका छन् । त्यसपछि सांसदले संसद भंग गर्ने पषमा मतदान गरेका छन् । अब इजरायलमा आउँदो सेप्टेम्बर १७ मा पुनः चुनाव हुने भएको छ ।

गएको अप्रिलमा भएको चुनावको नतिजापछि नयाँ दक्षिणपन्थी गठबन्धन बनाउने प्रयासमा रहेका नेतन्याहू त्यसमा असफल भएका हुन् । गठबन्धन बन्न नसक्नुको कारण त्यो विधेयक रह्यो जसमा यहुदी धर्मप्रति गहिरो लगाव रहेका शिक्षण संस्थाका विद्यार्थीलाई अनिवार्य सैने सेवामा लाग्नु पर्ने व्यवस्थामा छुट दिनेबारे समीक्षा गर्न माग गरिएको थियो ।

चुनावपछि प्रधानमन्त्रीका लागि प्रस्तावित भएका व्यक्तिले गठबन्धन बनाउन नसकेको यो पहिलो पटक हो । गठबन्धन बनाउका लागि बुधबार मध्यरातसम्मको समय थियो । त्यसपछि संसदमा पेश भएको संसद भंग गर्ने प्रस्तावको पक्षमा ७४ र विपक्षमा ४५ मत पर्‍यो ।

गएको अप्रिलमा भएको चुनावमा संसदको १२० सिट मध्ये ३५ सिटमा नेतन्याहूको लिकुड पार्टीले जितेको थियो । नेतन्याहू पाँचौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा थिए । तर उनी पूर्व रक्षा मन्त्री एविग्दोर लिबरमनसँग सम्झौता गर्न असफल रहे । उनको समर्थन बिना सरकार बनाउन सक्ने सम्भावना थिएन ।