३१ आश्विन २०८३, शनिबार

विश्वकै कान्छो राष्ट्रप्रमुखलाई हटाइयो

14.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १५ जेठ । युरोपेली देश अष्ट्रियाको संसद्ले चान्सलर सेबास्टियन कर्जलाई पदबाट हटाएको छ। संसारकै कान्छा राष्ट्रप्रमुख कर्जविरुद्ध संसदको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पद मुक्त गरिएको हो।

३२ वर्षीय कर्ज सन् २०१७ डिसेम्बरदेखि अष्ट्रियाका चान्सलर थिए। प्रमुख प्रतिपक्षी दल सोसल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव स्वीकृत भएपछि उनी सत्ताबाट हटेका हुन्।

अस्ट्रियन पिपल्स पार्टीका अध्यक्ष समेत रहेका कर्जको एउटा भिडिओ बाहिरिएपछि उनी विवादमा परेका थिए। सन् २०१७ को उक्त भिडिओमा कर्जले राजनीतिक हित र स्वार्थका कुरा गरेका बताइएको छ। भिडिओमा कर्ज र रसियाकी एक धनी परिवारकी महिलाबीच अष्ट्रियाली अखबारको सेयर किनेर पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्ने कुरा भएको छ।

भिडिओ बाहिरिएपछि प्रमुख प्रतिपक्षीले कर्जविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि फैसलाका निम्ति संसदमा मतदान गरिएको थियो। अष्ट्रिया संसदका कुल १८३ जना सदस्यमध्ये ५१ सिट भएको प्रमुख प्रतिपक्षी सोसयल डेमोक्र्याट्स (एसपीओ) र ५२ सांसद रहेको फार राइट फ्रिडम पार्टीले कर्जका विपक्षमा मत हालेका हुन्।

कर्ज पदच्यूत भएसँगै अष्ट्रियाली राष्ट्रपति अलेक्जेन्डर भान दे बेलेनले भाइस-चान्सलर हार्टविग लोगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन्।अष्ट्रियामा आगामी सेप्टेम्बरमा चुनाव हुने अनुमान छ। केही समयअघि मात्र भाइस-चान्सलर नियुक्त भएका लोगरले नयाँ सरकार नबनुञ्जेल नेतृत्व सम्हाल्ने छन्।

यसअघिका भाइस-चान्सलर पनि भिडिओ बाहिरिएपछि बर्खासीमा परेका थिए।

कर्ज पदच्यूत भएपछि उनको पार्टी र समर्थक सबै अलमलमा परेका देखिएका छन्। कर्ज तिनै राष्ट्रप्रमुख हुन् जसलाई उनका शुभेच्छुक तथा समर्थकले ‘वुन्डरवुजी’ भनेर बोलाउँथे। यसको शाब्दिक अर्थले त्यस्तो व्यक्ति बुझाउँछ, जो पानीमा हिँड्ने क्षमता राख्छ।