३१ आश्विन २०८३, शनिबार

कोकिन सेवन गरेका जापानी नागरिकको विमानभित्रै मृत्यु

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । लागू औषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको मृत्यु भएको छ ।

मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो । उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो ।

उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका कोकिनका पोका भेटिएको पोष्ट मार्टम रिपोर्टमा जनाइएको बीबीसीले उल्लेख गरेको छ ।

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए। एयरमोसिलियो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा पुर्‍याइएको थियो ।