
काठमाडाैँ, १३ जेठ । आइतबार काठमाडाैँको सुकेधारा भएको बम विस्फोटमा परि मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ ।
मृतकहरुको सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन् ।
सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनामा अन्य ५ जना घाइते भएका छन् ।
अनामनगरमा भएको विस्फोटमा पनि विप्लव कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको थियो । घाइते विप्लव समूहकै कार्यकर्ता रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।















प्रतिक्रिया