५ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा विप्लवका कार्यकर्ताको कोठाभित्र बम पड्कियो, अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

15.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । काठमाडौंको बैद्यखानास्थित एउटा घरको कोठाभित्र बम विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परेर अर्का एकजना घाइते भएका छन् । घाइते हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको अनेरास्ववियु क्रान्तिकारी त्रिचन्द्र क्यापसका ईकाइ अध्यक्ष रविन केसी रहेका छन् ।

बम बिस्फोटमा परेर मृत्यु भएका व्यक्तिको पहिचान हुन सकेको छन । बम बिस्फोट भएपछि तीन जना व्यक्ति फरार भएका छन् ।

घरको कोठामा बम बिस्फोट हुँदा माथिबाट खसेको दलिनले थिचेको छ । शवलाई प्रहरीले उद्धार गर्ने कार्य गरिरहेको छ ।

नेपाली सेनाले बम बिस्फोट भएको घरलाई रेखी हालेर अनुसन्धान शुरू गरेको छ ।

प्रहरी स्रोतका अनुसार बम बनाउँदै गर्दा बिस्फोट भएको थियो । बम पड्किएपछि घाइते अध्यक्ष केसी रगताम्मे हुँदै भागेका थिए । स्थानीयले देखेपछि केसीलाई उपचार गराउन अस्पताल तर्फ लगेका थिए ।