
नयाँ दिल्ली, १० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्षका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका छन् ।
दिल्लीस्थित पार्टी मुख्यालयमा समर्थकहरुले विहीबार साँझ फूल वर्षाएर मोदीको स्वागत गरेका थिए ।
“हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,” भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरुको सम्बोधनको क्रममा उनले भने, “आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ । तर खराब नियतले केही गर्ने छैन । तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्नेछैन ।”
मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले झन्डै ३०० सीट जित्ने अनुमान गरिएको छ । उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्ने सम्भावना रहेको छ ।
सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मतले जित्ने देखिएको छ । –बीबीसी















प्रतिक्रिया