३१ आश्विन २०८३, शनिबार

सिक्किममा पवन चाम्लिङलाई धक्का, २५ वर्षपछि ढल्यो शासन

21.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिक्किम, १० जेठ । पाँच पटक चुनाव जितेर सिक्किमको नेतृत्व गरिरहेका पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले विधान सभामा बहुमत गुमाएको छ ।

३२ सिट रहेको सिक्किममा चाम्लिङको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएको हाे ।

पिएस गोले नेतृत्वको मोर्चाले बहुमतका लागि आवश्यक १७ स्थानमा विजय हासिल गरेको छ । भाजपासँग सहयोग गरेको यो दलले लोकसभाको एक मात्र सिट पनि जितेको छ । गोलेको दल २०१३ मा मात्र स्थापना भएको हो ।

चाम्लिङ नेतृत्वको एसडिएफले १४ स्थान जितेको छ, एक स्थानमा उसको अग्रता छ । चाम्लिङ २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री थिए । उनी सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित मुख्यमन्त्री पनि हुन् । चाम्लिङले सन् २००४ मा ३१, २००९ मा ३२ र २०१४ मा २२ सिट जितेका थिए । उनी सन् १९९४ देखि सत्तामा थिए ।