जनकपुर, ९ जेठ । सांस्कृतिक विश्वविद्यालयका अन्तर्गत जनक हजारी विद्यापीठको जग्गा रत्न सागर मठका महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । यसअघि सरकारि कागज किर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले विगतमा १५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको थियो ।
यता केही महिनाअघि सर्वोच्च अदालतले बैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको छ ।












प्रतिक्रिया