मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

उद्घोषण सिक्दै गैंडाकोटका आमाहरु

दैनिक नेपाल २०७६ जेठ ९ गते १६:५५

कावासोती, ९ जेठ । गैंडाकोट नगरपालिका वडा नं १७ मा स्थानीय आमा समूहहरुको लागि ५ दिने उद्घोषक तालिम बिहीवारदेखि सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिका वडा नम्बर १७ का अध्यक्ष रत्न बहादुर खड्काले आमा समूह समाजमा विभिन्न रचनात्मक तथा सकरात्मक परिर्वतनका साथै विकास निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बलियो पक्ष भएकाले उद्दघोषण तालिमले आमाहरुलाई थप अगाडि बढ्नका लागि टेवा पुग्ने बताए ।

तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य चन्डिश्वर कंडेल, अर्जुन श्रेष्ठ, राधिका कंडेल, माया दमाई, त्रीपुरेश्वर हरिहर मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

वडाका सबै आमा समूहको आयोजना एवं गैंडाकोट नगरपालिकाको सहयोगमा सुरु भएको तालिममा ६ आमा समूहका ३० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा पत्रकार बिजय चालिसे, राजेश सोनाम र सन्तोश कँडेलले प्रशिक्षण दिनेछन् ।

सुनाखरी आमा समूहकी अध्यक्ष गोमा पौडेलको स्वागतसँगै शुरु भएको कार्यक्रम नवप्रतिभा आमा समूहकी अध्यक्ष बाल कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने नवप्रतिभा आमा समूहकी सचीव मान कुमारी सापकोटाले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित