१ कार्तिक २०८३, आइतबार

बिहारको बेगुसराय मतगणानामा कन्हैया कुमार तेस्रो स्थानमा

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ९ जेठ । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ ।

बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह अगाडि रहेका छन् । बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

यो सुरुवाति मतपरिणाम भएकाले यसै हुन्छ भन्ने सकिने अवस्था चाहिँ छैन । थोरै मात्रै मत गनिएकाले मतपरिणाम कसको पक्षमा जान्छ भन्ने जान्नका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको छ ।