१९ कार्तिक २०८३, बिहिबार

सुन पसलको सटर फोड्दै गर्दा ७ जना भारतीय पक्राउ       

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा प्रहरीले सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दाजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको  छ।