१९ कार्तिक २०८३, बिहिबार

लमजुङमा दुईपटक भूकम्पको धक्का महसुस

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ८ जेठ । लमजुङमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहानको राति ३ बजेर २८ मिनेटमा ३ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु लमजुङको सदरमुकाम बेसीसहर नपा ३, गाउसहर दरबार मुनी रहेको केन्द्रले जनाएको छ ।

त्यसअघि गएराति पनि सोही ठाउँमा केन्द्रविन्दु भएर ४ दशमलब १ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो २०७२ बैशाखको गोरखा भूकम्पमै परकम्प भएको उल्लेख गरेको छ ।