१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मन्थली, ८ जेठ । रामेछाप जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समुदाय र प्रहरीको सहकार्यमार्फत जिल्लाभित्र हुने अपराध नियन्त्रण गर्ने मुख्य उदेश्यसहित कात्तिक २१ बाट शुरू भएको अभियान प्रभावकारी बनेको हो ।

रामेछापको ८ वटा स्थानीय तह, ६४ वटा वडा, टोल र विद्यालयहरूमा समिति गठन गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । समिति गठन गर्दै प्रहरी टोलटोलमा पुगेको छ ।

समाजमा हुने अपराध नियन्त्रण गर्न ठूलो सहयोग पु¥याउने अपेक्षा लिएको रामेछापका प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नागरिकहरुले देखाएको साथ र सहयोगको कारण प्रहरीलाई काम गर्न झन सहज भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार १ वटा जिल्ला समिति, ८ वटा स्थानीय, ६४ वटा वडा समिति गठनसँगै टोल र विद्यालयसहित २१९ वटा समिति गठन भएको छ ।

समिति गठन र विद्यालयमा विद्यार्थीलाई आत्म सुरक्षाको बारेमा जनचेतना अभिबृद्ध गर्ने कार्यमा सहभागी हुँदै आएको छ ।

७ वटा सार्वजनिक सुनुवाई, २ वटा अस्प्ताल र मन्दिर सरसफाई लैङगिक हिंसा, घरेलु हिंसा सम्बन्धि स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरीले विद्यालयका छात्र छात्रालाई सहभागी गराई ५ वटा प्रहरीसँग एक दिन कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरेले समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै राम्रो भएको बताए ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले शान्ति सुरक्षा कायम गर्न र अपराधिक क्रियाकलाप हुन नदिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल रहेको बताए । उनले नगरपालिकाको टोलटोलमा समिति गठन भएपछि थप सहज भएको बताए ।

मन्थली माविका माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए ।

समाजमा हुने अपराध नियन्त्रण गर्न, सम्भावित दुर्घटनाबाट बच्न र बचाउन अपनाउनु पर्ने विषयमा प्रहरीले नागरिकलाई जानकारी गराउँदै आएको छ ।

अभियान अन्तर्गत प्रहरीले दुर्घटना हुँदा प्रहरीलाई सम्पर्क गर्ने १०० नम्बर, नजिकैको प्रहरी कार्यालयको सम्पर्क नम्बर, दमकल लगायतको बारेमा पनि जानकारी गराउँदै आएको छ ।