१९ कार्तिक २०८३, बिहिबार

अर्घाखाँचीमा बस दुर्घटना, १५ यात्रु घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ८ जेठ । अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका–२, भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले बताएको छ ।

घाइतेको उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिँदै छ ।