३१ आश्विन २०८३, शनिबार

अरुणाञ्चल प्रदेशमा चरमपन्थी आक्रमणमा विधायकसहित एघारको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ जेठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ ।

आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपिपी)का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो ।

तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ ।

तिरोंग अबो परिवारसहित सुरक्षा व्यवस्थाको साथमा असमबाट अरुणाञ्चल जाँदै थिए । त्यहि क्रममा खोनसा–देओमाली सडकमा पहिले देखिनै कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका हुन् ।

ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।