१९ कार्तिक २०८३, बिहिबार

सिरहाको बरयारपटिमा सैनिक जवानको हत्या प्रकरणः गाउँ नै सुनसान

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह महतो
सिरहा , ८ जेठ । सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानमा असर गर्नेभन्दै प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै दोषीलाई चाँडोभन्दा चाँडो अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

सिरहाको वडियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ अहिले अहिले सुनसान छ । सैनिक जवान सिंहलाई नियन्त्रणमा लिइ कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुषहरू गाउँ छोडेर भागेका हुन् ।

युवा तथा पुरुष फरार भएपछि गाउँमा महिला, बालबालिका र वृद्धहरू मात्र रहेका छन् । नयाँ कोही गाउँ पुग्नासाथ उनीहरुको आँखामा एक खालको त्रास देखिने गरेको छ । चोरीको आरोप लगाउने वीरेक्षणको घरमा यतिबेला ताला लागेको छ ।

घटना भएको दिन प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुकदर्शक भएको पीडित पक्षले आरोप छ ।

उनीहरूले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडकखण्ड बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म अवरुद्ध पारेका थिए ।

उनीहरूले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि घेराऊ र सडक अवरोध खुला गरिएको थियो ।

परिवारले प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे माग पनि प्रस्तुत गरेका छन् । जसमा परिवारको सदस्यलाई सेनामा रोजगारीको ग्यारेन्टी तथा दोषी पत्ता लगाई कडा कारवाहीको माग गरिएको छ ।