१९ कार्तिक २०८३, बिहिबार

आज देशभरको मौसम सफा रहने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ७ जेठ । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिनभर देशभरको मौसम सफा रहने र चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने सम्भावना छ । बेलुकातिर भने केही स्थानमा बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै, हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरण :

जेष्ठ  ७ गते (मङ्गलबार)

दिउँसो देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ८ गते (बुधबार)

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्हपछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ९ गते (बिहिबार )

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।