बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

यातायात समितिद्वारा दृष्टिबिहिन बालबालिकालाई फलफूल वितरण

दैनिक नेपाल २०७६ जेठ ६ गते १७:५९


सल्यान, ६ जेठ । आफ्नो दशौँ बार्षिक उत्सवको अवसरमा सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले शिबजन माध्यमिक बिद्यालय श्रीनगरमा रहेका दृष्टिबिहिन बालबालिकालाई फलफूल वितरण गरेको छ ।

यातायात समितिका अध्यक्ष राईले शिबजन माध्यमिक बिद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई बिछ्याउनको लागि म्याट लगायत गर्मीयाममा प्रयोग हुने सामानहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दृष्टिबिहिन बालबालिकालाई फलफूल वितरण गर्दै समितिका अध्यक्ष अरबिन्द कुमार राईले अपांगता भएका व्यक्तिहरुलाई आफ्नो समितिले हेर्ने दृष्टिकोण सँधै सकारात्मक रहने बताए । उनले सल्यान रुकुम यातायात व्यवसायी समितिले आफ्नो स्थापनाकालमा नै रुकुममा दुईजना शारीरिक अपांगता भएका व्यक्तिलाई रोजगारको व्यवस्था गरेको बताएका छन् ।

कार्यक्रम समितिका कोषाध्यक्ष रन्जितकुमार राईले दशौँ वार्षिक उत्सवको अवसरमा सम्पूर्ण यातायात व्यवसायी, कर्मचारी लगायत जिल्लावासी सबैलाई धन्यवाद दिएका छन् । उनले समितिले १० वर्षसम्म समितिको रुपमा जति सेवा दियो, त्यसबाट परिमार्जन सहित आगामी दिनहरूमा स्तरीय सेवा दिन लागिपर्ने बताए ।

कार्यक्रममा बोल्दै शिबजन माध्यमिक बिद्यालय शितलपाटीका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सल्यान रुकुम यातायात व्यवसायी समितिका सदस्य राजेश बिकले सल्यान रुकुम यातायात व्यवसायी समिति जिल्लाको एउटा छुट्टै पहिचान सहितको संस्था भएको बताए ।

यातायातको क्षेत्रमा जिल्लाको विकास गर्नमा महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनहरू पनि अझै सामाजिक कार्य गर्ने अवसर मिलोस् भनी शुभकामना व्यक्त गरे ।

०७१ सालदेखी संचालन भएको बिद्यालयमा हाल रुकुम, रोल्पा, सल्यानका १८ जना अपांगता भएका बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित