सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता

दैनिक नेपाल २०७६ जेठ ६ गते १७:४९

काठमाडौँ, ६ जेठ । राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिति सल्लाहकारको मान्यताप्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार न्यूयोर्कस्थित यूपीएफ कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए ।

समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेसनको दुबै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

युनिर्भसल पीस फेडेरेसन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्तधार्मिक तथा अन्तर्राष्ट्रिय संजाल हो ।

युपीएफले संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्य हासिल गर्न तथा संयुक्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरु प्रबद्र्धनका लागि सहयोग गर्दै आइरहेको छ ।

समझदारी पत्रमा युर्निसल पीस फेडेरेसन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र यूपीएफ अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरका हुन् ।

‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्पारिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ युनिर्भसल पीस फेडेरेसन नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले भने ।

प्रतिक्रिया
सम्बन्धित