आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भन्ने युवा पक्राउ

दैनिक नेपाल २०७६ जेठ ६ गते १६:२७

काठमाडाैँ,  ६ जेठ । ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ शिर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाई नाम फेसबुक आईडीबाट लालबहादुरले ‘५० लाख दिनुस्  ओलीलाई मारिदिन्छु’  भनेर कमेन्ट गरेका थिए ।

त्यसपछि उनको खाेजीमा रहेको अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित