
काठमाडाैँ, ६ जेठ । प्रहरीले काठमाडाैँबा६ स्रोत नखुलेको ४२ लाख रुपैयाँ अवैध रकमसहित ८ जनालाई पक्राउ गरेको छ
महानगरीय अपराध महाशाखाले आइतबार अपरान्ह बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय अगाडिको सडकबाट भारतीय नागरिक नुरुल वारसी र जिया खानसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । सूचना पाएर पछ्याउँदै गएको प्रहरी टोलीले वारसीको साथबाट ८ लाख पचास हजार रुपैयाँ बरामद गरेको थियो ।
त्यसलगत्तै प्रहरीले उनीहरु बसिरहेको ठमेलस्थित बैशाली होटलमा छापा मारेर थप साढे ३३ लाख नेपाली रुपैयाँ सहित थप दुई जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेको गिरोह भारतीय नेटवर्किङ कम्पनी साइन ग्रुपमा विभिन्न पदमा आवद्ध व्यक्तिहरु हुन् ।
गत साता दरबारमार्गको याक एन्ड यति होटेलबाट प्रहरीले सोही ठगी गिरोहका १२ जनालाई पक्राउ गरेको थियो । महाशाखाले उनीहरुले प्रयोग गर्दै आएको भारतीय नम्बरको टोयोटा फर्च्युनर र निशान किक्स कार समेत बरामद गरेको छ ।
पक्राउ परेका वारसी र खान शाइन ग्रुपको निर्देशक हुन् । ठगीको संगठित गिरोह जिल्ला सरकारी वकिल कार्यालय अगाडी साढे ८ लाख रुपैयाँ लिएर बस्नुलाई निकै अर्थपूर्ण रुपमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
स्रोतका अनुसार महाशाखाको विशेष टोलीले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल अगाडिको सडकमा गिरोहलाई पक्राउ गर्दा यसअगाडि याक यति होटेलबाट पक्राउ परेका शाइन ग्रुपका १२ जना अभियुक्तको सरकारी वकिलको रोहबरमा बयान प्रमाणित गर्ने काम भइरहेको थियो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखा प्रमुख एसएसपी थापाले बताए ।
उनीहरुले शाइन ग्रुपको नामबाट संगठित रुपमा गैरकानुनी नेटवर्किङ ब्यवसायको प्रचार प्रसार गरी, रकम समेत उठाई, नेपालीहरुलाई भेला जम्मा गरी रकम उठाएका थिए ।
उनीहरुले हाम्रो कम्पनिमा २५००, ५००० र १०,००० डलर जम्मा गरेमा सो बराबरको रकम कम्पनीबाट थप गरी प्रत्येक महिना त्यसको ६ प्रतिशत रकम थप गरी दिन्छु भनि आर्थिक प्रलोभन तथा गलफतमा पारी कम्पनीको सदस्य समेत बनाई दिन्छु भनि गैरकानुनी नेटवर्किङको झुट्ठा प्रचार प्रसार गरेको प्रहरीले जनाएको छ ।
यी हुन् पक्राउ परेकाहरु :
नाम :- महोमद जिया
उमेर :- ३०बर्ष
ठेगाना :- भारत प्रतापगढ उतरप्रदेश
नाम :- नितिन श्रीबास्तव
उमेर :- ३५ बर्ष
ठेगाना :- भारत उतरप्रदेश
नाम :- रबि तिवारी
उमेर :- ४३ बर्ष
ठेगाना :- भारत कानपुर
नाम :- अटल त्रिपाठी
उमेर :- ३२ बर्ष
ठेगाना :- भारत प्रयागराज
नाम :- महोमद सेयाफ
उमेर :- ३० बर्ष
ठेगाना :- भारत उतरप्रदेश
नाम :- नुरुलएन वारसी
उमेर :- २९ बर्ष
ठेगाना :- भारत कुशिनगर
नाम :- तेज नारायण शुक्ला
उमेर :- ३२ बर्ष
ठेगाना :- भारत उतरप्रदेश
नाम :- राजेश कुमार शुक्ला
उमेर :- ४० बर्ष
ठेगाना :- भारत प्रयागराज















प्रतिक्रिया