लण्डन, ६ जेठ । इजिप्टमा एक पर्यटक बसलाई लक्षित गरि भएको बिस्फोटमा कम्तिमा १६ जना घाइते भएका छन् । ग्र्याण्ड इजिप्टियन म्युजियम नजिकै बिस्फोट भएको छ । यो म्युजियम गिजा पिरामिडको आडैमा पर्छ ।
घाइते हुनेमा दक्षिण अफ्रिकी पर्यटक रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर इजिप्टमा इस्लामिक बिद्रोहीले पर्यटकमाथि आक्रमण गर्दै आएका छन् ।















प्रतिक्रिया