सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

सुर्खेतमा प्रहरीद्वारा नौ वटा भरुवा बन्दुक बरामद

दैनिक नेपाल २०७६ जेठ ६ गते ८:०७

वीरेन्द्रनगर, ६ जेठ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नौ थान भरुवा बन्दुक बरामद गरेको छ ।

सामुदायिक प्रहरी साझेदारि कार्यक्रमअन्तर्गत गस्तीमा खटिएको प्रहरीले एक महिनाको अवधीमा जिल्लाका विभिन्न स्थानबाट ती भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले वैशाख १६ गते बराहताल गाउँपालिकाको करियापानीबाट २ नाल, १७ गते लेखगाउँ चेपाङबाट १ नाल जेठ ४ गते बराहतालबाटै ६ नाल गरी नौ नाल भरवा बन्दुक बरामद गरेको डिएसपी क्षेत्रीले बताए ।

भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान थालिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित