आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

नेबिसंघ नेता दुर्गा कापडीले विद्यालयलाई पुस्तक प्रदान गरे

दैनिक नेपाल २०७६ जेठ ५ गते १६:३५

डडेल्धुरा, ५ जेठ । डडेलधुरा जिल्ला गन्यापधुरा ५ मा जन्मिएका विद्यार्थी नेता दुर्गा कापडीले एक विद्यालयलाई पाँच सय पुस्तक हस्तान्तरण गरेका छ्न् ।

चार कक्षादेखि अध्यन गरेका कापडीले सोही विद्यालयलाई भुवनेशवरी मावि जैसेरालाई पुस्तक हस्तान्तरण गरेका हुन् । आफ्ना बुवा तथा नेपाली काँग्रेस गाउँ एकाइ सभापतिमार्फत पुस्तक हस्तान्तरण गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

सोही अवसरमा विद्यालयले दुर्गा कापडीका बुवा धनीराम कापडीलाई सम्मान समेत गरेको छ । विभिन्न किसिमका गरि कम्तीमा दुई लाखका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको प्रअ जयराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित