आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

भक्त बोकेर गइरहेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दैनिक नेपाल २०७६ जेठ ५ गते १५:००

काठमाडाैँ,  ५ जेठ । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

देउताल मन्दिरमा भक्त बोकेर गइरहेको ग१च ४९२१ नम्बरको जीप दशरथचन्द नगररपालिका–११, नानीगाँडमा आइतबार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मन्दिरमा पूजाका लागि गएका यात्रु बोकेको जीप सडकबाट डेस सय मिटर तल खसेको छ।

दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द नगररपालिका–१० वाराकोट बस्ने वर्ष ४५ को हीरावल्लभ भट्ट, अन्दाजी ६५ वर्षीया नरुली भट्ट रहेका छन् भने अर्का एक जनाको भने सनाखत हुन सकेको छैन।

त्यस्तै, दुर्घटनामा जीपका चालक नवीन भट्ट, प्रकाश भट्ट र राहुल भट्ट गम्भीर घाइते बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित