धादिङ, ५ जेठ । धादिङ जिल्लाको आदामघाटबाट त्रिशूली नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
मृत्यु हुनेमा एकजना महिला र चारजना पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको पहिचान खुलेको छैन । प्रहरीका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्रि बस आदामघाटको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।
घाइतेहरूको उपचारका लागि काठमाण्डौ लगायत अन्य अस्पताल पठाइएको छ । बसमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।












प्रतिक्रिया