सिडनी, ५ जेठ । अष्ट्रेलियाको चुनावमा प्रधानमन्त्री मोरिसनको दल लिवरल पार्टी अफ अष्ट्रेलियाले जितेको छ । शनिबार भएको मतगणनाले विभिन्न जनमतलाई असत्य सावित गर्दै लिवरल पार्टीले जितेको छ ।
स्कट मोरिसन यसअघि पहिलो पटक अष्ट्रेलियाका प्रधानमन्त्री बनेका हुन् । मोरिसनको पार्टीको ६ वर्षे शासनमा मतदाताले उनकै पक्षमा मत देलान् भन्ने सम्भावना कम थियो । निर्वाचनको नतिजा दक्षिणपन्थी मोरिसनको पक्षमा नहुने सर्वेक्षणहरूले देखाएका थिए।
कडा चुनौतिका बावजुद मोरिसनले अल्पमतको सरकार नेतृत्व गर्ने सम्भावना प्रबल थियो । बहुमत ल्याउने अपेक्षा गरिएको थिएन । तर हिजो सम्पन्न चुनावमा उनको दलले जितेको छ । यसलाई अचम्मलाग्दो जितको रुपमा पनि हेरिएको छ।
चुनावी परिणाम पछि मोरिसनले भने, ‘म सधैं चमत्कारमा विश्वास गर्छु,’ प्रधानमन्त्री स्कट मोरिसनले जितको खुसियालीमा भाषण गरे । ‘आजको रात सबै अष्ट्रेलियाली नागरिकप्रति समर्पित छु।’
तर उनको विजयलाई अमेरिकी राष्ट्रपति ट्रम्पको विजय र ब्रेक्जिटसँग तुलना गरिएको छ।















प्रतिक्रिया